बागलुङका अग्निपीडितलाई यूनाइटेड क्लब पोखराको आर्थिक सहयोग

पाेखरा | बैशाख ३०, २०८१

बागलुङका अग्निपीडितलाई यूनाइटेड क्लब पोखराको आर्थिक सहयोग

पोखरा:     यूनाइटेड क्लब पोखराले बाग्लुङ नगरपालिका १२ डांडाखेतका अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ । 


गत बैशाख १९ गते जंगलमा फैलिएको आगो बस्तीमा पस्दा डांडाखेतका यदुनाथ पाध्याको घर, गोठ, बस्तुभाउ र दधिराम पाध्याको दुईवटा गोठ र बस्तुभाउ जलेर नष्न भएको थियो । 


तीनै पाध्या परिवारलाई युनाइटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोष मार्फत राहत स्वरुप झण्डै एक लाख बरावरको आर्थिक सहयोग गरेको हो । 


सो अवसरमा बोल्दै बाग्लुङ नगरपालिका वडा नं १२ का अध्यक्ष कोपिलामणी शर्माले पोखरामा रहेको यूनाइटेड क्लबले बाग्लुङमा आइपुगेर आफ्नो वडामा आगलागीबाट क्षती भएको परिवारलाई राहत स्वरुप नगद सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै यूनाइटेड क्लबको सिको अन्य क्लवहरुले समेत गर्न सकेको खण्डमा पिडितले सानो भएपनि राहत पाउने बताए । 


यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले स्थापनाकालदेखी पोखरा महोत्सवको आयोजना गरी विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको यूनाइटेड क्लबले २०७२ को बिनाशकारी भुकम्प पश्चात विपदको क्षेत्रलाई समेट्नेगरी छुट्टै विपद ब्यवस्थापन कोष निर्माण गरी अगाडी वढेको बताए । उक्त कोषका लागि हरेक बर्ष तिहारको अवसरमा देउसीभैलो कार्यक्रम मार्फत रकम संकलन गरी दैवी प्रकोपमा परेकालाई युनाइटेड क्लबले राहत रकम प्रदान गर्दैै आइरहेको बताए । 


क्लबको सामाजिक दायरा फराकिलो रहेको वताउदै अध्यक्ष श्रेष्ठले क्लवले हाल सम्म पश्चिमको कैलालीको कैलारी गाउँपालिकाका हावाहुरी प्रभावित, पूर्वको उदयपुरको गढी गाँउपालिकाका हावाहुरी प्रभावित, कास्कीको सराङकोट पहिरो प्रभावित, जाजरकोट र पश्चिम रुकुमका भुकम्प प्रभावितलाई विपद ब्यवस्थापन कोष मार्फत राहत प्रदान गरिसकेको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताए । 


सो अवसरमा वोल्दै आगलागीबाट पूर्ण रुपमा क्षती भएका यदुनाथ पाध्याले आफुहरु जंगलमा लागेको आगो निभाउन जाने बेलामा घरमा कोही नभएको अवस्थामा एक्कासी जंगलबाट आएको आगोले घर, गोठ, बस्तुभाउ केहीपनि बांकी नरहेको वताउदै सहयोगीहरुको साथले आफुमा आत्मबल थपिएको बताए । 


उक्त कार्यक्रम मा बागलुङ समाज पोखरा र बागलुङ अर्जेवा पोखरा सम्पर्क समाज बाट समेत आर्थिक सहयोग प्रदान गरिएको थियो । बाग्लुङ समाज पोखराबाट ३१ हजार १० र अर्जेवा पोखरा समाजबाट संकलित २० हजार रुपैया बाग्लुङ समाज पोखराका अध्यक्ष ठाकुर प्रसाद सापकोटा र पदाधिकारी द्धारा आगलागी प्रभावितहरुलाई प्रदान गरिएको थियो । 


सो कार्यक्रममा बाग्लुङ नगरपालिका वडा नं १२ का वडा सदस्य महानन्द शर्मा, युनाइटेड क्लब का कोषाध्यक्ष सुर्य बहादुर बानिया, बागलुङ समाज पोखराका निबर्तमान अध्यक्ष डिल्लि प्रसाद शर्मा, बागलुङ समाज पोखरा का उपाध्यक्ष नरेश सुबेदि, कोषाध्यक्ष बालकृष्ण सापकोटा, दुमनाथ शर्मा लगाएतको उपस्थिती रहेको उक्त कार्यक्रममा स्वागत मन्तब्य ठाकुर प्रसाद  सापकोटा र युनाइटेड क्लबका कार्यसमिति सदस्य जयराम आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए । 
 

पोखरा:    नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् ।    व्...

थप पढ्नुहोस्

पोखरा:    नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् ।   उनले आफू निर्वाचित भए...

थप पढ्नुहोस्

पोखरा:     कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...

थप पढ्नुहोस्